नेशनल हाईड्रो पावरको २५ हजार कित्ता सेयर सूचीकृत

0
Shares

नेशनल हाईड्रो पावर कम्पनी लिमिटेडको २५ हजार कित्ता सेयर बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत भएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुनसक्ने गरी सूचीकरण गरिएको हो ।

साविकको सुनकोशी हाइड्रोपावर कम्पनी लिमिटेडलाई १ः०.२५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ दरको २५ हजार कित्ता सेयर नेशनल हाईड्रो पावरको नाममा सूचीकृत भएको हो ।

नेप्सेको असोज २५ गतेको निर्णयानुसार क्रम संख्या १ करोड ६४ लाख १७ हजार ९२१ देखि १ करोड ६४ लाख ४२ हजार ९२० सम्मको सेयर स्वाप रेसियो १००ः२५ को अनुपातमा कुल २५ हजार कित्ता थप हुन आएको धितोपत्रको सूचीकरण गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।