साताभरमा ५६ अंकले घट्यो नेप्से, बिहीबार पनि दोहोरो अंकको गिरावट

0
Shares

यो साता सेयर बजार परिसूचक ५६.१४ अंकले घटेर १८४४.७० अंकमा झरेको छ । आइतबार १९०२.८४ बिन्दुमा खुला भएको बजार सूचक सोमबार बाहेक चार वटै कारोबार दिनमा ओरालो लागेको हो । आइतबार २८.१८, मंगलबार १४.२९, बुधबार ५.८३ र बिहीबार १०.८६ अंकले घटेको बजार सूचक नेप्से सोमबार ३.०४ अंकले बढेको थियो ।

बिहीबारको बजारमा २८१ कम्पनीको ३७ लाख ४९ हजार ९५४ कित्ता सेयर ४५ हजार ७६३ वटा संङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ९६ करोड ४४ लाख ७७ हजार ७११ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन बुधबार २९६ कम्पनीका ३३ लाख ६४ हजार ५६ कित्ता सेयर ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँको सेयर कारोबार भएको थियो । बुधबारको तुलनामा १५ करोड २४ लाख रुपैयाँले दैनिक कारोबार रकम वृद्धि भएको हो ।

साताको अन्तिम दिन बिहीबारको बजारमा कारोबारमा आएका १३ वटा उपसमुहगत सूचकमध्ये होटल तथा पर्यटनमुलक सर्वाधिक ४.२७ प्रतिशतले तथा उत्पादन तथा प्रशोधनमुलक ०.०७ प्रतिशतले बढेको छ । घटेको एघार सूचकमध्ये म्युचुअल फन्ड सर्वाधिक ४.६३ प्रतिशत, ब्यापार ३.०५ प्रतिशत, जलविद्युत १.१० र वित्त १.०५ प्रतिशतले घटेको छ । बाँकी उपसमुहगत सूचक एक प्रतिशतभन्दा कमले मात्र घटेका छन् ।

यसैगरी बिहीबारको बजारमा कारोबार रकमका आधारमा आशा लघुवित्तको संस्थापक सेयर १० करोड १० लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै प्राइम कमर्सियल बैंकको ६ करोड ४५ लाख ५२ हजार, सोनापुर सिमेन्टको ४ करोड ४९ लाख ६८ हजार, सोल्टी होटलको २ करोड ७९ लाख ८१ हजार र हाथवे इन्भेष्टमेन्टको २ करोड ६४ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।


आज चन्द्रागिरि हिल्स लिमिटेडको सर्वाधिक ६.०४ प्रतिशतले बढेर ११२४ रुपैयाँ पुगेको छ । यसैगरी हिमालयन लघुवित्तको ५ प्रतिशत, एनआईबिएल प्रगति फन्डको ४.९६ प्रतिशत, सोल्टी होटलको ४.७७ प्रतिशत र एनआईसी एशिया ग्रोथ फन्डको ४.७२ प्रतिशतले मूल्य उकालो लागेको छ ।

उता सयपत्री हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । हाइड्रोपावरको सेयर ५५ रुपैयाँ ८० पैसाले घटेर ५०२ रुपैयाँ २० पैसामा झरेको छ । यस्तै रावा इनर्जीको ७.४६ प्रतिशत, बुद्धभुमि नेपाल हाइड्रोपावरको ५.९१, सामलिङ्ग पावरको ४.८२ प्रतिशत र सुपर मादी हाइड्रोपावरका सेयर लगानीकर्ताले ४.७३ प्रतिशतले नोक्सानी ब्यहोरेका छन् ।

प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको सोनापुर सिमेन्टको सेयर मूल्यमा लगातार चौथो कारोबार दिन समेत घटेकोपछि बिहीबारको बजारमा भने ३.९२ प्रतिशत अर्थात ९ रुपैयाँ २० पैसाले बढेर २४४ रुपैयाँ पुगेको छ । आज दिनभरमा कम्पनीको १ लाख ८९ हजार ३०३ कित्ता सेयर ४ करोड ४९ लाख ६८ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्ला चार कारोबार दिनमा सोनापुरको ६ हजार ५९ हजार ९०० कित्ता सेयर १५ करोड ७७ लाख ४१ हजार ८८४ रुपैयाँ बराबरमा खरिद बिक्री भएको थियो । कम्पनीले अंकित मूल्यमा १३७ रुपैयाँ प्रिमियम सहित २३७ मा सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीको नेप्सेमा कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता सेयर सुचीकृत छ ।

बिहीबारको गिरावटपछि कुल बजार पुँजीकरण १६ अर्ब ७३ करोड रुपैयाँले घटेर २८ खर्ब ४६ अर्ब २६ करोड ११ लाख रुपैयाँमा समेटिएको छ । बुधबारको बजार पुँजीकरण २८ खर्ब ६२ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।