चिरख्वा हाइड्रोपावरको आईपीओ ८५ हजार ९३० जनालाई बाँडफाँड

0
Shares


चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ आज कात्तिक १६ गते बिहीबार ८५ हजार ९३० आवेदकलाई १० कित्ताका दरले बाँडफाँड गरिएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्टका अनुसार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम सबै आवेदकलाई सेयर बाँडफाँड गर्न अपुग भएपछि गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले कात्तिक २३ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ५९ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो । आईपीओमा कुल ११ लाख ३४ हजार ३१७ वटा आवेदन मार्फत १ करोड २१ लाख ६९ हजार ४६० कित्ता खरिदका लागि माग परेको थियो । आईपीओमा १० देखि १० लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो ।

कुल माग भएको सेयर सङ्ख्यामध्ये २ हजार ३८१ आवेदनबाट माग भएको ३२ हजार ७०० कित्ताको माग रद्द भएको छ । यसरी रितपूर्वक नपरेको आवेदन रद्द गरी ११ लाख ३१ हजार ९३६ आवेदन मार्फत माग भएको १ करोड २१ लाख ३६ हजार ७६० कित्तालाई सदर गरी बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।