मिर्मिरे लघुवित्त र चिरख्वा हाइड्रोपावरकाे एफपीओ/आईपीओ बाँडफाँडको नतिजा यसरी हेर्नुहोस्

0
Shares

बिहीबार सार्वजनिक निष्कासन गरेका दुई कम्पनीहरु मिर्मिरे लघुवित्तकाे एफपीओ र चिरख्वा हाइड्रोपावरले आईपीओ बाँडफाँडकाे नतिजा प्रकासन भैसकेकाे छ । मिर्मिरे लघुवित्तले बिहीबार बिहान तथा  चिरख्वा हाइड्रोपावरले दिउँसो आईपीओ बाँडफाँड गरेको हो ।

मिर्मिरे लघुवित्तको आईपीओ एक प्रतिशत आवेदनकले मात्र हात पारेका छन् भने चिरख्वा हाइड्रोपावरको कुल आवेदकको ७.५७ प्रतिशतले मात्र सेयर हात पारेका छन् ।

मिर्मिरे लघुवित्तको एफपीओ धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम १२ हजार ३८१ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । तीमध्ये थप ६ जनाले एक।एक कित्ता गरी कुल ११ कित्ता सेयर हात पारेका पाएका छन् । एक जनालाइ बाँकी रहेको ०.४५ कित्ता सेयर बाँडफाँड गरिएको छ । एफपीओमा आवेदन गरेका १३ लाख ९ हजार १५५ जना आवेदकको हात खाली भएको छ ।

चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ ८५ हजार ९३० आवेदकले १० कित्ताका दरले हात पारेका छन् । कम्पनीको आईपीओमा आवेदन गरेका १० लाख ४८ हजार ३८७ जना आवेदकको हात खाली भएको छ ।

मिर्मिरे लघुवित्तकाे एफपीओ र चिरख्वा हाइड्रोपावरले आईपीओ बाँडफाँडको नतिजा विभिन्न चार स्थानबाट हेर्न सकिन्छः–

१.  सिडीएससीले आईपीओ हेर्नकै लागि सञ्चालनमा ल्याएको वेवसाइट
२. मिर्मिरे लघुवित्तको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको वेवसाइट  तथा चिरख्वा हाइड्रोपावरको आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको वेवसाइट
३. मेरो सेयरको मोबाइल एप तथा वेवसाइटबाट आईपीओ भरिएको एप्लीकेशन रिर्पोट मार्फत
४. सेयर निष्कासनकर्ता कम्पनीहरु मिर्मिरे लघुवित्त चिरख्वा हाइड्रोपावर लिमिटेडको वेवसाइट मार्फत

लगानीकर्ताले सिडीएससीले आईपीओ हेर्नका लागि सञ्चालनमा ल्याएको वेवसाइट मार्फत आईपीओ निष्कासनकर्ता कम्पनी (मिर्मिरे लघुवित्त वा चिरख्वा हाइड्रोपावर) छनौट गरेर १६ अंकको हितग्राही (डिम्याट) खाता नम्बर तथा क्याप्चा नम्बर राखेर आईपीओ परेको वा नपरेको हेर्न सक्नेछन् । साथै सम्बन्धीत कम्पनीको बिक्री प्रबन्धकको वेवसाइट मार्फत आईपीओ निष्कासनकर्ता कम्पनी र डिम्याट खाता नम्बर राखेर पनि बाँडफाँडको नतिजा हेर्न सक्नेछन् ।

यसैगरी मेरो सेयरको वेवसाइट तथा मोबाइल एपबाट आफूले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर समेत आईपीओ बाँडफाँडको नतिजा हेर्न सकिने छ । यस स्थानबाट माथिका दुई स्थानभन्दा ढिला मात्र नतिजा थाहा पाउन सकिन्छ । आईपीओ बाँडफाँडको नतिजा सम्बन्धीत सेयर निष्कासनकर्ता कम्पनीको वेवसाइटबाट गएर समेत मागिएको विवरण भरेर नतिजा थाहा पाउन सकिने बताइएको छ ।

आईपीओ बाँडफाँडसम्बन्धी थप समाचारका लागि तलका लिङ्कमा जानुहोस्ः–

चिरख्वा हाइड्रोपावरको आईपीओ ८५ हजार ९३० जनालाई बाँडफाँड

मिर्मिरे लघुवित्तको एफपीओ १३ लाख ९ हजार जनाले पाएनन्

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड, कतिले पाए सेयर ?

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।