पिपुल्स पावरको ५० प्रतिशत हकप्रद बेच्ने निर्णय

0
Shares

पिपुल्स पावर लिमिटेडले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद बेच्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको मङ्सिर १७ गते अपरान्ह ३ः३० बजे बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १ः०५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने पूर्व स्वर्कितका लागि “विद्युत सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पुर्व स्वीकृत तथा नियमन सम्बन्धी निर्देशिका, २०७८” को दफा ३ को उपदफा ३ बमोजिम विद्युत नियमन आयोगको पूर्व सहमति लिने निर्णय गरेको हो ।

कम्पनीको कोशी प्रदेशको इलाम जिल्ला स्थित पुवा–२ मा ४.९६ मेगावट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरी २०७९ मङ्सिर १२ देखि नियमित विद्युत उत्पादन तथा वितरण गर्दै आएको छ ।

आयोजनाको नियमित मर्मत सम्भार गर्न, भुक्तानी बाँकी हिसाब परफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्न साथै लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी सृजना गरी राष्ट्रिय पुँजी वृद्धि गर्न आवश्यक पर्ने रकम हकप्रदबाट जुटाउने निर्णय कम्पनीले गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।