नेपाल इन्स्योरेन्सले लाभांश पारित गर्न तोक्यो साधारण सभा र बुक क्लोज मिति


नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२५ नगद गरी जम्मा १०.५२५ लाभांश वितरण गर्ने प्रस्ताव पेश हृुने कम्पनीले जनाएको छ ।

साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । यस्तै सभाले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर २८ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार मंसिर २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।