नेपाल वेयर हाउजिङ्गको आईपीओ १ लाख १४ हजार १२५ जनाले पाए


नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओ बुधबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका कार्यालयमा सो आईपीओ बाँडफाँड भएको हो ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ। कम्पनीको आइपीओमा १ लाख १४ हजार १२५ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

सो सेयरमा कुल १२ लाख ७६ हजार ५५८ आवेदन परेको थियो। जसमध्ये ११ लाख ९१ हजार ९८८ आवेदन स्वीकृत भएका छन् भने बाँकी ८४ हजार ५७० वटा आवेदन रद्द भएको छ । आईपीओमा कुल १ करोड ३८ लाख ५१ हजार २६० कित्ताको आवेदन परेकोमा ११ लाख ९४ लाख ५४० कित्ता रितपुर्वक नपरेका कारण रद्द भए । ११ लाख ९१ हजार ९८८ वटा आवेदनबाट माग भएको १ करोड २६ लाख ५६ हजार ७२० कित्ताको मागलाई बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो ।

कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।