स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । लघुवित्तले साधारण सभा तथा लाभाश वितरण प्रयोजनार्थ मंसिर २२ गते शुक्रबार बुकक्लोज गर्दैछ ।

यस अनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र लाभांश पाउन र लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

लघुवित्तले पुस ४ गते वार्षिक साधारण सभा डाकेको छ । सभा, अम्रपाली ब्यांकेट एन्ड इभेन्ट्स, बालुवाटार मार्ग, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँको १२.३५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।