साना किसान लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने


साना किसान लघुवित्तले गत आर्थिक वर्षको मूनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद (कर प्रयोजनसहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।