श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीद्वारा लाभांश घोषणा


श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले ५.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ५.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) दिने निर्णय गरेको हो । कम्पनीको चुक्ता पुँजी ९८ करोड १६ लाख ८३ हजार २०० रहेको छ ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र वितरण हुने छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।