कुमारी बैंक लिमिटेडको साढे ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेको कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ५ लाख ४९ हजार ६२६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

शेयर प्रति कित्ता न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ । संस्थापक सेयरमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले पौष ६ गते भित्र आवेदन दिन सक्ने छन् ।

सेयरको बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड रहेको छ ।  इच्छुक लगानीकर्ताले एन आई सी एशिया क्यापिटल लिमिटेड ट्रेड टावर नेपाल, थापाथली – ११, काठमाडौंमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो तपसिलमा उल्लेखित शर्तहरुको अधीनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नु पर्ने छ ।

शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम ५० हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सकिनेछ ।

तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति, एकाघर परिवारका सदस्य वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।