बुटवल पावरद्वारा साधारण सभा आह्वान, नगद लाभांश र एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने


बुटवल पावरद्वारा साधारण सभा आह्वान गरेको छ । कम्पनीले ५ प्रतिशत नगद लाभांश र एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्न सभा बोलाएको हो ।

कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते साधभारणसभा बोलाउने निर्णय गरेको थियो । कम्पनीले एक करोड कित्ता एफपिओ जारी गर्ने प्रस्ताव साधारण सभामा पेस गर्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १९ गते बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस १८ गतेसम्म कायम शेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश र साधारणसभामा भाग लिन पाउने छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।