हाथवे इन्भेष्टमेन्टले १०.५२% लाभांश दिने


हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको मूनाफाबाट सेयरधनीहरुलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लैनचौर ब्यांकेटमा बिहान १० बजे सुरु हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार, पुस ११ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन तथा लाभांश हात पार्न सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।