सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साढे १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा


सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले १ लाख ७८ हजार ८६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिदको लागि न्यूनतम मूल्य २२० रुपैयाँ तोकिएको छ । तसर्थ, उक्त मुल्य भन्दा कम मूल्य अंकित गरि पेश गरेको आवेदन स्वतः रद्द हुनेछ ।

कम्पनीको सेयरमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्ने छन् । उक्त संस्थापक सेयरमा बुधबार पुस ४ गतेदेखि पुस १३ गतेसम्म आवेदन दिन सकिने छ ।

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड ट्रेड टावरमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ । शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सकिनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।