अरुण भ्यालीले तोक्यो साधारण सभा र बुक क्लोज मिति


अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पुस २९ गते साधारण सभा बोलाएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले मैत्री हल, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा सभा बोलाउने निर्णय गरेको हो । सभा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७९\८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०\८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार, पुस १९ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।