मेरो माइक्रोफाइनान्सका सेयरधनीको हात खाली हुने


मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मूनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । निरन्तर लाभांश वितरण गर्दै आएको मेरो माइक्रोफाइनान्सका लगानीकर्ताको यो वर्ष हात खाली हुने भएको हो ।

कम्पनीको सञ्चालक समिति बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण स्वीकृत गर्दै आगामी वार्षिक साधारण सभामा पेश गर्नका लागि सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

गत वर्ष कम्पनीले १० प्रतिशत बोनस सेयर र कर समेत १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।