इष्टर्न हाइड्रोपावरले पुस २९ मा सातौं वार्षिक साधारण सभा गर्ने

0
Shares

इष्टर्न हाइड्रोपावर लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले पुस २९ गते, आइतबार होलिडेज पार्टि भेन्यू, भरतपुर, चितवनमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत पारित गर्ने लगायतका समान्य प्रस्तावहरु मात्र पारित गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते मंगबलार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १६ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।