एनआईसी एशिया बैंकले १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै


एनआईसी एशिया बैंक लिमिटेडले १ लाख ३०५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको २५ हजार कित्ता र सुर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता सेयर गरी कूल १ लाख ३०५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको २५ हजार कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ८०० रुपैयाँ तोकिएको छ भने सुर्योदय वोमी लघुवित्तको न्यूनतम प्रतिकित्ता मूल्य २३० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले उक्त सेयर खरिदको लागि आज (पुस ८) गतेदेखि १६ गतेसम्म आवेदन दिनु पर्ने छ । लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली–११, काठमाण्डौ तथा अन्य तोकिएका शाखाबाट आवेदन दिन सक्ने छन् ।

सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक शेयर खरिदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा माथि १०० ले भाग जाने गरी अधिकतममा माथि उल्लेखित सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिने छ ।

सुर्योदय वोमी लघुवित्तको सेयर खरिदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १०० ले भाग जाने गरी अधिकतममा माथि उल्लेखित सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।