सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?


सिटिजन लाइफ इन्स्योरेन्सले ५.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ । पुस १६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण गरिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।