एनआईसी एसिया बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत


एनआईसी एसिया बैंक लिमिटेडको बोनस सेयर शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बैंकको चुक्ता पुँजीको २९ प्रतिशतले हुन आउने ३ करोड ३५ लाख ३५ हजार ६१५ दशमलव ५६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

एनआईसी एसिया बैंकको काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न गत असोज ३० गते सम्पन्न भएको २६ औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश पारित गरेको थियो । बोनस सेयरपछि बैंकको कुल चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ पुगेको छ ।

उक्त बोनस सेयर डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।