कुमारी बैंकले तोक्यो साधारण सभा र बुक क्लोज मिति


कुमारी बैंकले माघ २८ गते साधारण सभा बोलाएको छ । बैंकको सञ्चालक समितिको मंगलबारको बैंठकले माघ २८ गते २३ औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभामा गत आर्थिक वर्ष (२०७९\८०)को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।

साधारण सभाका लागि बैंकले माघ ९ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार, माघ ८ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।