साल्ट ट्रेडिङ कर्पोरेसनले १५.७९% लाभांश दिने


साल्ट ट्रेडिङ कर्पोरेसनले १५.७९ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मूनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश साल्ट ट्रेडिङको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।