कुमारी बैंकको नाफा १४.३१ प्रतिशतले घट्यो, इपीएस कति ?


कुमारी बैंक लिमिटेडको नाफा १४.३१ प्रतिशतले घटेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसै अवधिमा भन्दा १४.३१ प्रतिशतले कम हो । गत वर्ष बैंकले १ अर्ब १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने ३५.१ प्रतिशतले बढेर ५ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ पुगेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ४३ करोडबाट बढेर २ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ३ अर्ब ७७ करोड रुपैयाँ ऋणात्मक रहको छ।

बैंकको सञ्चालन नाफा पनि ५.०८ प्रतिशतले घटेर १ अर्ब ४९ करोड ३५ लाख १७ हजार रुपैयाँमा सीमित भएको छ । बैंकको निष्कृय कर्जा दर १.८२ प्रतिशतले वृद्धि भई ४.९७ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी रुपैयाँ १० पैसा घटेर ६ रुपैयाँ ६१ पैसामा सिमीत भएको छ। यस्तै बैंकको मूल्य आम्दानी अनुपात २४.११ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८२ पैसा रहेको छ। बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।