साढे सात अर्ब बढीको कारोबार हुँदा २५ अंकले घट्यो सेयर बजार


पछिल्ला केही दिनदेखि अधिक कारोबार भइरहेको सेयर बजारमा आइतबार साढे सात अर्ब बढीको कारोबार भएको छ । लगातार बढेको बजार करेक्सनको बाटोमा जाँदा सस्तो मूल्यमा सेयर किन्नेहरुको सक्रियता बढेपछि कारोबार रकम ७ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ भएको हो ।

बजार खुलेको केही बेरदेखि नै उतारचढाव देखिएको बजारमा खरिदकर्ताहरु हाबी भएका थिए । यद्यपी अद्यपकालीन नाफा सुनिश्चित गर्नेहरुले सेयर बिक्री गर्दा बजार परिसुचक नेप्से २५.६३ अंकले घटेर २१३०.१८ अंकमा ओर्लिएको हो ।

ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ७.४१ अंकले घटेर ३८६.३० अंमा ओर्लिएको बजारमा सेन्सेटिभ फ्लोट २.७५ अंकले घटेर १२७.५१ अंकमा झरको छ । त्यस्तै समग्र फ्लोट इण्डेक्स २.०४ अंकले घटेर १४६.२२ अंकमा आएको छ ।

जलविद्युत र अन्य समुह मात्र सुधारिएको बजारमा वाणिज्य बैंक समुहमा २९.३० अंकको गिरावट आएको छ । जसको सिधार असर समग्र बजारमा परेको हो । विकास बैंक समुह ११०.८९ अंकले घटेको बजारमा होटल ९३.४०, निर्जीवन बीमा ९८.६६, जीवन बीमा ८०.६५, उत्पादन ७६.८८ तथा वित्त समुह ४७.७२ अंकले घटेका छन् । अरु सबै उसिमुहमा उस्तै गिरावट देखिएको बजारमा ६४ कम्पनीको सेयर मूल्य बढेको छ ।

आँखुखोला हाइड्रो, समाज लघुवित्त, हिमालयन लघुवित्त, मिड सोलु हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा शिवश्री हाइड्रो, गुराँस लघुवित्त, गणपति लघुवित्त, जोशी हाइड्रो लगायत कम्पनीको सेयर मूल्य बढेको छ ।

सिइडिबी हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै अर्थात ८.२७ प्रतिशतले घटेको बजारमा मोलुङ हाइड्रो, बाराही हाइड्रो लगायत कम्पनीको सेयर मूल्य धेरै घटेको छ ।

हिमालयन रि को मात्र ५६ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा हिमाल दोलखा हाइड्रोको झण्डै २३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । अपि पावरको २० करोड ८२ लाखको तथा नेपाल रि को २० करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको पनि १९ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आइतबार ३०ड कम्पनीका २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर १ लाख ६६ हजार ९८३ पटक किनबेच भएका छन् । बजारमा आएको भारी गिरावटसँगै समग्र बजार पुँजीकरण ३३ खर्ब ४५ अर्ब ७६ करोड ५६ लाख ५५ हजार ५०२ रुपैयाँ कायम भएको छ ।

तरलता सहज भएको तथा बैंकहरुले व्याजदर घटाउँदै लगेको अवस्थामा बजार बढ्ने अपेक्षा सहित पछिल्ला दिनहरुमा बजारमा अधिक सेयर कारोबार हुँदै आएको छ । अल्पकालीन तथा दीर्घकालिन लगानी गर्नेहरुको मिश्रणसँगै भर्खरै निष्काशन भई सूचीकरणमा आएका कम्पनीको सेयरमा नाफा सुरक्षित गर्दै अन्य कम्पनीको सेयर लगानी गर्नेहरु पनि अहिले बजारमा सक्रिय छन् । जसका कारण करेक्सनको अवस्थामा पनि बजारमा साढे ७ अर्बभन्दा बढीको सेयर किनबेच भएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।