बुधबार सुनचाँदीको भाउ कति ?


नेपाली बजारमा सुनको मूल्य तीन दिनदेखि स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३७० रुपैयाँ तोकिएको छ ।

अन्तराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार २५ दशमलव ३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ४१ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।