रिलायन्स स्पिनिङ्ग मिल्सको सेयरमा आवेदन दिने आज अन्तिम दिन


रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ प्रक्रियामार्फत् निष्कासन गरेको सेयरमा अवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले जारी पुँजी १ अर्ब ९० करोड रूपैयाँको १०।१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता सेयरमा अनज कार्यालय समयसम्म मात्र आवेदन दिनु पर्ने छ ।

उक्त सेयरमा कम्पनीका संस्थागत लगानीकर्ताले बोलकबोलमार्फत् आवेदन दिनु पर्नेछ । कम्पनीले संस्थागत लगानीकर्ताहरूलाई ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर बिक्री मूल्य सीमा ६०८ रूपैयाँदेखि ९१२ रूपैयाँ सम्म बोलकबोलमार्फत् बिक्री खुला गरेको हो ।

लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, युएनआई शान्तिमार्ग, भद्रकालीमा बोलपत्र आवेदन फारम रितपूर्वक भरी गोप्य बोलपत्र फारम बुझाउनु पर्नेछ।

कम्पनीलाई केयर रेटिङ नेपालले ’केयर एनपी सिंगल ए माइनस इस्युअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनी समयमा नै सुरक्षित रूपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको भन्ने बुझाउँछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।