सन् २०२४ को फेब्रुअरी महीनामा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका छन् । हवाई मार्ग हुँदै सन् २०२४ को दोस्रो महिनामा नेपाल भ्रमणमा आएका पर्यटक ३३ प्रतिशतले बढेका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ फेब्रुअरीमा ७३ हजार २५५ पर्यटक आएका थिए ।
दोस्रो महीनामा आएका पर्यटकमध्ये भारतीय सबैभन्दा धेरै छन् । दोस्रोमा चीन र तेस्रोमा अमेरिकी छन् । फेब्रुअरीमा २५ हजार ५७८ जना पर्यटक भारतबाट आएका छन् भने चीनबाट ९ हजार १८० जना र अमेरिकाबाट९ हजार ८९ पर्यटक आएका छन् । गत महीनाको तथ्याङ्कमा सबैभन्दा धेरै भारतीयको हिस्सा २६.३० प्रतिशत छ ।
त्यसैगरी प्रमुख पर्यटन बजार बेलायतबाट ४ हजार ५७१, थाइल्यान्डबाट ४ हजार ७९९ जना र बंगलादेशबाट ४ हजार ९९ जना पर्यटक आएका छन् । त्यस्तै श्रीलंकाबाट ३ हजार ६८४ जना, अस्ट्रेलियाबाट २ हजार ९७६, म्यानमारबाट २ हजार ९२१ र जर्मनीबाट २ हजार ४९४ जना पर्यटन भित्रिएका छन् ।
पर्यटन बोर्डको तथ्याङ्क अनुसार २०२२ को फेब्रुअरीमा १६ हजार ९७५ जना र २०२१ को फेब्रुअरी महीनामा ८ हजार ८७४ जना पर्यटक नेपाल आएका थिए । सन् २०१९ मा भने यो महीनामा १ लाख २ हजार ४२३ पर्यटक आएका थिए । यो वर्ष कोभिड पूर्वभन्दा ४ हजार ९९७ जना कम पर्यटक भित्रिएका हुन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
