नेपाल उपभोक्ताहरुलाई आफू भित्रको डरलाई हटाउन आग्रह गर्दै माउण्टेन ड्युले गतिशील एवं आकर्षक ग्रीष्म प्रचार अभियानको थालनी गरेको छ ।
अभियानमा जोडिएका अनूप विक्रम शाहीले माउण्टेन ड्युले विगतका दिनहरुदेखि नै व्यक्त गर्दै आएको “डरको अगाडी जित छ” भन्ने मूल मन्त्रलाई नै विशेष जोड दिएका छन् । यो अत्यन्त रमाइलो प्रचार अभियान एक टिभि विज्ञापनको साथमा आएको छ, जसमा भएको रोमाञ्चकारी स्टण्टहरु र आकर्षक कथासारले उपभोक्ताहरुलाई बाँधी राख्ने कम्पनीले जनाएको छ । साहसिला दृश्यहरु शक्तिशाली एसएफएक्सद्वारा दर्शाइएको छ भनें प्रेरणादायी गीतमा चर्चित नेपाली गायक तथा गीतकार धर्मेन्द्र सेवानले स्वर दिएका छन् ।
“माउण्टेन ड्युको प्रतिष्ठित मूल मन्त्र “डरको अगाडि जित छ” लाई अनूप विक्रम शाहीको साथमा एक आनन्ददायक ग्रीष्मकालीन अभियानसँगै फेरि सुरु गर्न पाउँदा हामी अत्यन्त उत्साहित भएका छौं ।” पेप्सीको नेपालका एशोसिएट डाइरेक्टर अनुज गोयलले भने, “हामी विश्वस्त छौं कि बाँधेर राख्ने कथासार र मुटुको ढुकढुकी बढाउने स्टण्टहरु भएको टिभि विज्ञापन नेपाली युवाहरुसंग जोडिनेछ र माउण्टेन ड्युको चुस्किमा रमाउँदै उनीहरु भित्रको डरलाई भगाएर यो गर्मी यामको मज्जा लिन जोड दिनेछ ।”

नयाँ माउण्टेन ड्युको प्रचार अभियान र विज्ञापन टिभि च्यानलहरु लगायत डिजिटल, आउटडोर र सामाजिक सञ्जालहरुमा व्यापक रुपमा सञ्चालन गरिनेछन् । माउण्टेन ड्युको एकजना वा धेरैलाई पुग्ने सर्भ प्याकहरु आधुनिक एवं परम्परागत खुद्रा पसलहरुका साथसाथै अग्रणी इ–कमर्स प्लेटफर्महरुमा पनि उपलब्ध छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
