सेयर बजारको ओरालो यात्रामा निरन्तरता, लगानीकर्ता निराश

0
Shares

सेयर बजारको ओरालो यात्राले सोमबार पनि निरन्तरता पाएको छ । आइतबार १७.३० अंकले घटेको सेयर बजार परिसूचक मापक नेप्से सोमबार ६.२६ अंकले घटेको हो । यससँगै सूचक २०१२.०७ बिन्दुमा बन्द भएको छ ।

आज दिनभरमा ३१५ कम्पनीका ७२ लाख ९० हजार २०० कित्ता सेयर २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५ रुपैयाँमा खरिद बिक्री भएका छन् । आइतबार ३१६ कम्पनीका ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर ३ अर्ब २० करोड ५३ लाख रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा दैनिक कारोबार रकम ३३ करोड ६ लाख रुपैयाँले घटेको हो ।

आज १७४ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा १२३ कम्पनीको मात्र मूल्य बढेको छ । १८ कम्पनीको भाउ स्थीर रह्यो । कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये होटल तथा पर्यटनमुलक १.१६ प्रतिशत र ब्यापार ०.२० प्रतिशत बढेको बाहेक ११ ओटै ऋणात्मक बनेको छ । सबैको इन्डेक्स १ प्रतिशतभन्दा कमले घटेका छन् ।

आज कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्टको सेयर मूल्य घटेर उच्च कारोबार भएको छ । कम्पनीको ५ लाख १४ हजार ४११ कित्ता सेयर ४७ करोड २९ लाख १७ हजार ६३२ रुपैयाँमा किनबेच भएको हो । यस्तै शिवम् सिमेन्टको ११ करोड ५५ लाख, गोर्खाज फाइनान्सको ९ करोड ९९ लाख, पिपुल्स पावरको ५ करोड ७९ लाख र मायाखोला हाइड्रोपावरको ५ करोड ६० लाखमाथिको सेयर कारोबार भयो ।

यसदिन गुराँस लघुवित्त वित्तीय संस्था र माईखोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यससँगै गुराँस लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १४८५ रुपैयाँ र माईखोला हाइड्रोपावरको ४३४.५० रुपैयाँ पुगेको छ । यस्तै महुली लघुवित्तको ९.४४, तारागाउँ रिजेन्सी होटलको ७.२५, ८.५% प्रभु बैंक डिबेञ्चरको ६.३४ प्रतिशतले बढेको छ ।

उता आजको बजारबाट रिभर फल्स पावरको लगानीकर्ताले ९.९८ प्रतिशतले गुमाएका छन् । आइतबार सकारात्मक सर्किट लागेको कम्पनीको सेयर ४०८.५० रुपैयाँमा झरेको छ । यस्तै हिमालयन हाइड्रोपावर ६.२७ प्रतिशत, अपर लोहोरे हाइड्रोपावर ६.१७, धौलागिरी लघुवित्तको ५.७३ प्रतिशतले घटेको छ ।

सोमबार कुल बजार पुँजीकरण ९ अर्ब ९३ करोड १७ लाख रुपैयाँले घटेर ३१ खर्ब ९० अर्ब ३८ करोड ६६ लाख रुपैयाँमा झरेको छ । आइतबार कुल बजार पुँजीकरण ३२ खर्ब ३१ करोड ८३ लाख रुपैयाँमा रहेको छ ।

नेपाली सेयर बजारमा यी हुन् सबैभन्दा धेरै सेयर मूल्य भएका पाँच कम्पनी

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।