किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्तबीच एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) कार्यका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ रुपन्देहीमा रजिष्टर्ड कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्त र लम्कीचुहा नगरपालिका वडा नम्बर ४ कैलालीमा रजिष्टर्ड कार्यालय भएको किसान लघुवित्तबीच हिजो आइतबार साँझ ५ बजे गाभ्ने गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
दुवै संस्थाको गत चैत ९ गते सम्पन्न बेग्ला बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए ।
जाल्पा सामूदायिक लघुवित्तले १ सेयर र किसान लघुवित्तले ०.८८३४ सेयर प्राप्त गर्ने अर्थात १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको हो । हाल किसान लघुवित्तको हाल चुक्ता पुँजी ५० करोड ४३ लाख ६६ हजार पाँच सय रुपैयाँ र जाल्पा लघुवित्तको चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
