बाराही हाइड्रोपावरको सीईओको राजीनामा स्वीकृत

0
Shares

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद अधिकारीको राजीना स्वीकृत भएको छ ।

चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतको दिएको राजीनामा २०८१ बैशाख १ देखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद अधिकारीले आफ्नो व्यक्तिगत तथा घरायसी कारण देखाइ २०८१ फागनु १ गते राजीनामा पेश गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृतको राजीनामा स्वीकृतीसँगै कम्पनीको दैनिक सञ्चालन एवं आयोजना सञ्चालनको लागि आगामी सञ्चालक समितिको बैठकबाट निर्णय गर्ने सर्वसम्मत निर्णय भएको कम्पनीका सञ्चालन तथा अनुपालना अधिकृत सन्दिप कुमार शर्मा पौडेलले जानकारी दिए ।

सिंकोस हाइड्रोपावर प्रालिको सञ्चालक सदस्यमा कम्पनीको तर्फबाट ५१ प्रतिशत स्वामित्व रहेको सिंकोस हाइड्रोपावर प्रा।लिको सञ्चालक समितिमा यस बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको तर्फबाट संचालक श्री विदुर अधिकारीलाई चयन गर्ने निर्णय गरेको छ । सोहीअनुसार हालको सञ्चालक समितिमा समावेश गर्न सिंकोस हाइड्रोपावर प्रालिको सञ्चालक समितिमा पत्राचार एवं निर्देशन दिने सर्वसम्मत निर्णय गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।