सिईडिबि हाईड्रोपावरको लाभांश प्रस्ताव

0
Shares

सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सिईडिबि लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सोमबार बसको बैठकले कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीका लेखा तथा प्रशासन प्रमुख विवेक कार्कीका अनुसार बैशाख १० गते सोमबार दिउँसो ४ बजे बसेको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सा लाभांश आर्थिक वर्ष २०७७–७८ र २०७८–७९ को लागि प्रस्ताव गरिएको हो ।

बैठकले चुक्ता पुँजी ८३ करोड ९४ लख १० हजार रुपैयाँको ११ प्रतिशतले हुन आउने ९ लाख २३ हजार ३५१ कित्ता बोनस सेयर र कर प्रयोजनका लागी चुक्ता पुँजीको ०.५७८९ प्रतिशतले हुन आउने ४८ लाख ५९ हजार ३४४ रुपैयाँ ४९ पैसा नगद लाभांश वितण गर्न प्रस्ताव गरेको हो ।

कम्पनीको बैशाख १०गते सोमबार दिउँसोको ४ बजे बसेको संचालक समितिको बैठकले बैशाख ३१ गते सोमबार बिहान ८ बजे बोलाउने निर्णय गरेको छ । उक्त वार्षिक साधारण सभा प्रयोजनको लागि वैशाख १९ गते बुधबारदेखि कम्पनीको सेयरधनी दर्ता पुस्तिका तथा सेयर दाखिला खारेजी गर्ने भएको छ ।

बुकक्लोज अनुसार सेयरधनी पुस्तिका बन्द भएको अघिल्लो दिन बैशाख १८ गते मंगलबारसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई ७ कार्य दिनभित्र दाखिल खारेजको लागि प्राप्त सयरहरुबाट कायम रहेका सयरधनीहरु वार्षिक साधारण सभामा भाग लिन र लाभांश पनउनका लागि योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।