सेयर लगानीकर्ताका चार संघद्वारा रिलायन्सको आईपीओमा अदालतले दिएको आदेशको स्वागत

0
Shares

सेयर बजारमा क्रियाशिल चार ओटा लगानीकर्ताको संघले पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी नगर्न दिएको अल्पकालिक अन्तरिम आदेशको स्वागत गरेका छन् ।

जनरल इन्भेष्टर एशोसियसनका अध्यक्ष दीपक कार्की, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे र साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसीले संयुक्त विज्ञप्ति जारी गर्दै अदालतको निर्णयको स्वागत गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ ‘विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी भएकोमा सम्मानित न्यायालय र अन्य सहयोगी संस्थाहरू तथा सेयर लगानीकर्ताहरू र पत्रकारहरू प्रति आभार व्यक्त गर्दछौं र यसबाट सर्वसाधारण लगानीकर्ताहरू ठगिनबाट बचाउन सफल भएका छौं ।’ साथै संसद्को सार्वजनिक लेखा समितिले देखाएको सक्रियताका लागि धन्यवाद र धितोपत्र बोर्डले लिएको निर्णयलाई स्वागत गरेका छन् ।

उनीहरुले कम्पनीका कमीकमजोरीहरूलाई धितोपत्र बोर्डले आगामी दिनमा गहन विश्लेषण गरी सेयर निष्कासनको लागि अनुमति दिनेमा विश्वस्त रहेको समेत विज्ञप्तिमा छ ।

रिलायन्स मिल्सले बुक बिल्डिङ विधिकै दुरुपयोग गरी ठगी गर्ने मनसाय राखेको, चार्टर्ड एकाउन्टेन्ट संस्थाले प्रमाणित गरेको विवरण अन्तर्राष्ट्रिय लेखामान सिद्धान्त विपरित रहेको लगायतका विषयहरू उठाउँदै संघकै सक्रियतामा हरिबहादुर केसी लगायतले उच्च अदालत पाटनमा आईपीओ निष्कासन रोक्न निवेदन दिएका थिए ।

उक्त म्द्दामा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, रिलायन्स स्पिनिङ मिल्स, एसएआर एसोसिएट्स चार्टड एकाउन्टेन्टलाई विपक्षी बनाइएको थियो । उक्त निवेदन उपर बिहीबार उच्च अदालतले तत्कालका लागि आईपीओ निष्कासन रोक्ने अन्तरकालीन अन्तरिम आदेश दिएको थियो । साथै अदालतले अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्न दुबै पक्षलाई छलफलका लागि साउन १४ गते बोलाएको छ ।

रिलायन्सको आईपीओ तत्कालका लागि रोक्न उच्च अदालतको अन्तरकालीन अन्तरिम आदेश

सर्वसाधारणलाई झुक्याउने रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रद्द

लेखा समितिले धितोपत्र बोर्डसँग माग्यो रिलायन्स स्पिनिङ मिल्सको आईपीओबारे प्रष्टीकरण

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।