सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ । मंगलबार एकैदिन प्रतितोला २४ सय रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँ निर्धारण गरिएको थियो ।
त्यस्तै अघिल्लो दिन प्रतितोला १ हजार ९२५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९४० रुपैयाँमा कायम भएको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६०६.८३ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.९३ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया