सुनको भाउ एकैदिन प्रतितोला १ हजार ६०० रुपैयाँले बढ्यो


शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको छ । बिहिबार ३०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार एक हजार ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार बिहीबार प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी ४५ रुपैयाँले बढेको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६५९.२२ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.७ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार  १० : ५६ बजे