काठमाडौँ १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी भएकी छन् ।

निर्वाचन आयोगका अनुसार उनले एक हजार ५८४ मत प्राप्त गरिन् । प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवेन्द्र पाठकले एक हजार ३०४ मत प्राप्त गरे। उता नेकपा (एमाले) का लक्ष्मी रत्न तुलाधरले एक हजार ११८ मत प्राप्त गरिन् ।

स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यस अघि यस क्षेत्रमा काँग्रेस विजयी भएको थियो । काङ्ग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार  ०७ : २५ बजे