मंगलबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । सोमबार १२ सय रुपैयाँले घटेको सुनको भाउ मंगलबार १ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार सोमबार प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६३७.६९३ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.५४ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया