सुनको मूल्य दुई दिनमा प्रतितोला ४१ सय रुपैयाँले बढेको छ । मंगलबार २१०० रुपैयाँले बढेको सुन बुधबार २ हजार रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६८५।३९ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३१।६४ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया