काठमाडौँ। राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कम भिजिबिलिटी भएको अवस्थामा पनि उडान गर्न मिल्ने प्रविधि जडान गरेसँगै रात्रिकालीन उडान सञ्चालन गर्ने भएको हो ।
पुस १ देखि राजविराज विमानस्थलमा दुई हजार भिजिबिलिटीमा पनि उडान र अवतरण गर्न सकिनेछ । बुद्ध एयरले शुक्रबार प्राधिकरण र विमानका प्राविधिकहरूसहितको उडान गरेको थियो ।
प्रतिक्रिया