सुनको भाउ एकैदिन प्रतितोला १ हजार १०० रुपैयाँले बढ्यो


काठमाडौँ । सुनको मूल्य तोलाको १ हजार १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार प्रतितोला १ हजार ७६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६२३.१८ अमेरिकी डलर र चाँदी प्रतिऔंस २९.३९ डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: ७ पुस २०८१, आइतबार  १० : ४२ बजे