सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढ्यो


काठमाडौँ । सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । बुधबार एक सय रुपैयाँले घटेको सुनको भाउ बिहीबार ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बुधबार पनि सोही भाउमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६२८.९१ अमेरिकी डलर र चाँदी प्रतिऔंस २९.६९ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ११ पुस २०८१, बिहीबार  १० : ३४ बजे