सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घट्यो


काठमाडौँ । सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको छ । आइतबार ५०० रुपैयाँले घटेको सुनको भाउ मंगलबार ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६०६.७९ अमेरिकी डलर र चाँदी प्रतिऔंस २८.८९ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १६ पुस २०८१, मंगलबार  १० : ४६ बजे