भूकम्पका कारण परीक्षा प्रभावित, समय १५ मिनेट थपियो


काठमाडौं । त्रिविको स्नातक तहको प्रथम वर्षको मंगलबारको परीक्षामा १५ मिनेट समय थप गरिएको छ । बिहान ७ बजेबाट परीक्षा थियो । तर परीक्षा सुरु हुनुअघि भूकम्प आएपछि केहीबेर परीक्षा प्रभावित भएको थियो । त्यसैले परीक्षामा १५ मिनेट समय थप गरिएको हो ।

आज बिहान ६ बजेर ५० मिनेटमा नेपाल(चीन सीमाना तिप्बतको दिंगे कान्टीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

प्रकाशित मिति: २३ पुस २०८१, मंगलबार  ०९ : ३६ बजे