काठमाडौँ । गभर्नर नियुक्तिको चर्चासँगै हौसिएका लागानीकर्तामा फेरि निराशा छाएको छ । गभर्नर नियुक्तिको चर्चा चलेसँगै सोमबार र मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसुचक बुधबार घटेको हो ।
बुधबार नेप्से ७.९४ अंकले घटेर २६६९.५१ बिन्दुमा पुगेको छ । प्री–ओपन सेसनमा बढेर २७७१.४८ बिन्दुमा पुगेको सेयर बजार त्यसपछि क्रमिक रुपमा ओरालो लागेर २६६९.५१ बिन्दुमा पुगेर बन्द भएको हो ।
बुधबार कारोबारमा आएका ३१६ कम्पनीको २ करोड ३० लाख २६ हजार कित्ता सेयर ८८ हजार १२१ पटक किनबेच हुँदा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार ओम मेघाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै सिन्धु बिकास बैंकको सेयर मूल्य ५.११ प्रतिशत, सप्तकोशी डेभलपमेन्टको सेयर मूल्य ४.७४ प्रतिशत, साग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.२५ प्रतिशत र एनएलजी इन्स्योरेन्सको सेयर मूल्य ४.१२ प्रतिशतले बढेको छ ।
यता, श्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य ८.३२ प्रतिशत, मातृभुमी लघुवित्तको सेयर मूल्य ६.२० प्रतिशत, बोट्लर्स नेपालको सेयर मूल्य ५.८८ प्रतिशत, बाराही हाइड्रोपावरको सेयर मूल्य ४.८२ प्रतिशतले र दोर्दीखोला जलविद्युतको सेयर मूल्य ४.६६ प्रतिशतले घटेको छ ।
समूहगत आधारमा बैंकिङ्ग समूह ३.४० अंकले, म्याचुअल फन्ड समूह ०.०३ अंकले र बिकास बैंक समूह ८.१८ अंकले बढ्दा अरु सबै समूह ओरालो लागेको छ ।
बुधबार कारोबार रकमका आधारमा सबैभन्दा बढी राधी विद्युतको ७१ करोड ३ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबार संख्याका आधारमा न्यादी ग्रुप पावरको १५ लाख १९ हजार ८४९ कित्ता सेयर २ हजार ७९३ पटक किनबेच भएको छ । बुधबार कुल बजार पूँजीकरण ४४ खर्ब ४२ अर्ब ५ करोड १० लाख १३ हजार रुपैयाँ बराबर पुगेको छ ।
प्रतिक्रिया