एकैदिन १६ सय रुपैयाँले घट्यो सुनको भाउ


काठमाडौँ । बुधबार सुनको भाउ १६ सय रुपैयाँले घटेको छ । मंगलबार २०० रुपैयाँले घटेको सुनको मूल्य आज तोलाकै १६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २९७.१६ अमेरिकी डलर र चाँदी ३३.२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १४ जेठ २०८२, बुधबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।