सुनमा लगाइएको विलासिता कर खारेज गर्न माग गर्दै व्यवसायी आन्दोलनमा


काठमाडौं । सुनचाँदी व्यवसायीहरुले आर्थिक वर्ष २०८२\८३ को बजेटमार्फत सुनमा लगाइएको विलासिुता कर हटाउन माग गर्दै प्रर्दशन गरेका छन् ।

बजेटमार्फत सरकारले सुनमा २ प्रतिशत विलासिताको कर र हिरा जुवाहरत र पत्थरको १३ प्रतिशत कर लगाएको थियो । कर खारेज गर्न माग गर्दै उनीहरुले आइतबार प्रदर्शन गरेका हुन् ।नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आइतबार न्युरोड गेटदेखि इन्द्रचोक डबलीसम्म र्‍याली निकालेको थियो ।

आफुहरुले विलासिता कर हटाउन सरकार समक्ष आग्रह गर्दै आएतापनि सरकारले कुनै सुनुवाई नगरेकोले आफुहरु आन्दोलनमा जान बाध्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यले बताए ।

सुनलाई विलासी वस्तुको रुपमा गणना गर्न नमिल्ने बताउँदै उनले उक्त कर खारेजीाको गरे । यस्तै, उनीहरुले उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायी मैत्री ऐन जारी गर्न पनि माग गरेका छन् ।

प्रकाशित मिति: २५ जेठ २०८२, आइतबार  १३ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।