एकैदिन ४२ सय रुपैयाँले बढेसँगै सुनको भाउ पुग्यो २ लाख नजिक


काठमाडौं । सुनको भाउ २ लाख नजिक पुगेको छ । शुक्रबार नेपाली बजारमा सुनको भाउ ४ हजार २०० रुपैयाँले बढेसँगै २ लाख नजिक पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेको हो ।

शुक्रबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ४२८.०५ अमेरिकी डलर र चाँदी ३६.३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३० जेठ २०८२, शुक्रबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।