काठमाडौँ । इजरायलले शुक्रबार बिहान इरानको राजधानी तेहरानमा आक्रमण गरेको थियो । इजरायलले अपरेशन राइजिङ नाम दिएर इरानमाथी आक्रमण गरेको हो ।
इजरायलको आक्रमणबाट इरानको रिभोल्युसनरी गार्ड कोरका प्रमुख हुसेन सालामी, आणविक वैज्ञानिक मोहम्मद महदी र फेरेयोदुन अब्बासी सहित उच्च सैन्य कमाण्डर मारिएको तेहरानले जनाएको छ ।
इजरायलको यो आक्रमणसँगै तेहरानले अपरेशन ट्रु प्रमिस ३ नाम दिएर २४ घण्टा नबित्दै इजरायलको तेल अबीबमा जवाफी आक्रमण गरेको छ । इरानको जवाफी आक्रमणसँगै दुई देशबीच युद्ध सुरु भएको छ । दुबै देशले आक्रमण नरोक्ने जनाएका छन् ।
दुई देशबीचकको युद्धको कारण विश्रव्यापी रुपमा तेलको मूल्य बढ्ने देखिएको छ । विश्रव्यापी मन्दीबाट नेपाल अछुतो नरहने विज्ञहरुको भनाई छ । यो युद्धले तेलको मूल्य वृद्धि हुनुको साथै खाडी मुलुकबाट आउने रेमिटेन्समा पनि असर पर्ने छ ।
मध्यपुर्वको यो शक्ति संघर्षले विश्रको तेल आपुर्तीमा असर पर्ने छ । यसले मूल्य वृद्धि भई नेपालमा पनि मुद्रास्फीर्ती बढ्ने देखिन्छ । नेपालको अर्थतन्त्र रेमिटेन्सले धानेको छ । यस्तो अवस्थामा खाडी मुलुकबाट आउने रेमिटेन्स प्रभावित हुन्छ । यो युद्धले खाडी मुलुकमा नेपाली श्रमिकहरुको आवागमनलाई प्रभावित बनाउँछ । जसले अर्थतन्त्रमा असर पर्ने छ । यो युद्धले विश्र अर्थतन्त्रलाई असर पर्ने भएकोले नेपाललाई पनि असर पर्ने अर्थविद पोषराज पाण्डे बताउछन् । यसले समानको ढुवानी लागत बढाएर समग्र मूल्य वृद्धि गर्ने उनको भनाई छ । मूख्य रुपमा पेट्रोलियम पदार्थमा गम्भीर असर पर्ने छ ।
यस्तै यो आक्रमणमा अमेरिकाले आफ्नो भुमिका नरहेको दाबी गरेकाले शान्ती हुनेमा आशावादी हुनुपर्ने अर्थविद रामेश्रर खनालको भनाई छ । उनले भने अमेरिकाको सहभागीता नभएकोले युद्ध धेरै लामो जाने अवस्था छैन् । तर युद्ध लम्बिएमा यसले गम्भीर असर पर्छ ।
यदि यो युद्ध लम्बिएको अवस्थामा विप्रेषण आप्रवाह घटेर नेपालको विदेशी मुद्रा सञ्चीती पनि घट्ने अवस्था आउछ । यसका साथै इजारायल र इरान बिचको युद्धले त्यहाँ कार्यरत नेपाली श्रमीकहरुको सुरक्षमा जोखिम पार्न सक्छ ।
नेपाल सरकारले इरान र इजरायलबीचको युद्धमा चासो राख्दै दुवै पक्षलाई संयमता अपनाउन भनेको छ । साथै नेपालले संवादमार्फत समस्या समाधानको बाटो पहिल्याउन आह्वान गरेको छ । नेपालले बल प्रयोगको विरोध गर्दे शान्तिपूर्ण समाधानको लागि पहल गर्न आग्रह गरेको छ ।
यदि यो युद्ध लामो गएको अवस्थामा नेपालको रेमिटेन्समा गिरावट आउने, तेलको मूल्य बढेर मुद्रा स्फीर्ती बढ्ने र त्यहाँ रहेको आप्रवासी नेपालीहरुको सुरक्षा आदि पक्षमा असर पर्नेछ । नेपाल सरकारले यस्ता सम्भावीत समस्याहरुको सामना गर्नको लागि आवश्यक तयारी गर्नूपर्ने विज्ञहरुको सुझाव छ ।
प्रतिक्रिया