सुनको भाउ एकैदिन झण्डै पाँच हजार बढ्यो, कति पुग्यो तोलामा ?

सुनको भाउ एकैदिन झण्डै पाँच हजार बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ झण्डै पाँच हजार रुपैयाँले बढेको छ । मंगलबार सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ४६ हजार ४०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १३४.३५ अमेरिकी डलर र चाँदी ५०.९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार १२ : ०२ बजे