एशियन लाईफ इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

एशियन लाईफ इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौँ । एशियन लाईफ इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न सभा बोलाएको हो ।

इन्स्योरेन्सले फागुन ११ गते सोमबार होटल क्लासिक, सिमरा बारामा १८ औं वार्षिक साधारण सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजन समेतका लागि ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिन प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले माघ २९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार माघ २८ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार ११ : ४५ बजे